+

इसाकको दुई गोलमा लिभरपुलको पहिलो जित

२०८३ भदौ  २० गते ८:४५ २०८३ भदौ २० गते ८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एलेजान्डर इसाकले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा पहिलो जित हात पारेको छ ।
  • यस सिजन लगातार दुई बराबरीपछि लिभरपुलले प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको हो ।
  • ब्राडली बारकोलाले यसै खेलबाट लिभरपुलका लागि डेब्यु गरे ।

२० भदौ, काठमाडौं । एलेजान्डर इसाकले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा शुक्रबार इप्स्वीच टाउनलाई २–० ले पराजित गरेको छ । यस सिजन लिभरपुलको लगातार दुई बराबरीपछि यो पहिलो जित हो ।

नयाँ प्रशिक्षक एन्डोनी इराओलाको लागि पनि लिगमा यो पहिलो जित हो र यो जितले राहत मिलेको छ ।

गत वर्ष कीर्तिमान १२५ मिलियन पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका इसाकले सुरुवाती १० मिनेट भित्रै दुई गोल गरेका थिए । स्वीडेनका अन्तर्राष्ट्रिय खेलाडी इसाकले खेलको छैटौं र नवौं मिनेटमा गोल गरे । दुवै गोलका लागि कोडी गाक्पोले इसाकलाई असिस्ट गरेका थिए ।

यस्तै लिभरपुलका लागि ब्राडली बारकोलाले डेब्यु पनि गरे । उनी ६४औं मिनेटमा भिक्सटर मुनोजको स्थानमा सब्सिच्युट खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका हुन् ।

यसअघि नयाँ सिजनमा लिभरपुलले न्युकासल युनाइटेड र नटिंघम फरेस्टसँग बराबरी खेलेको थियो । पहिलो जितपछि लिभरपुलको तीन खेलबाट ५ अंक जोडेको छ र पाँचौ स्थानमा उक्लेको छ ।

दोस्रो हार बेहोरेको इप्स्वीच टाउन भने ३ अंकका साथ १३औं स्थानमा छ ।

PHOTO: FB/LCFC

प्रिमियर लिग लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय