+
+

नेपाल बैंकले ‘रिकरिङ डिपोजिट’मा ८.०५ प्रतिशत ब्याज दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १७:५०

२८ भदौ, काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटडेले आकर्षक ब्याजदर सहितको ‘रिकरिङ डिपोजिट’ योजना ल्याएको छ । बैंकले ‘रिकरिङ डिपोजिट’ खातामा रकम जम्मा गर्नेहरुलाई ८.०५ प्रतिशत ब्याजदर दिने भएको हो ।

बैंकमा मुद्दति खातामा राखेको रकम निकाल्न निश्चित समयावधी पुग्नुपर्छ । तर ‘रिकरिङ डिपोजिट’ को विषेशता भनेको मुद्दति खाता जस्तै ब्याजदर पाइने भएपनि बचत खातामा जस्तै चाहेको बेला रकम निकाल्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार समान मासिक किस्ता, बचत अवधि ६ महिनादेखि १० वर्षसम्म रहेको एवं निक्षेपबाट आवश्यक परेको बेलामा कर्जा सूविधा पनि प्राप्त गर्न सकिने छ । त्यसैगरि यो डिपोजिटमा अग्रिम भूक्तानी (प्रिमच्यूअर) सूबिधा पनि रहेको बैंकले जनाएको छ ।

बैंकले बचत खातामा ४.५५ प्रतिशतसम्म र मुद्दति खातामा ८.०५ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ ।

बैंकले गत बर्ष आफ्नो ८४औं बार्षिक उत्सवका अवसरमा आगामी कार्तिक ३० गते सम्मको लागि मोवाइल बैंकिङ, इन्ङरनेङ बैंकिङ, भिसा डेबिङ कार्ड, डिम्याङ,मेरो शेयर र सिआस्वा लगायतका डिजिङल प्रोडक्ङहरु निःशूल्क रुपमा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?