+
+

धमाधम नयाँ कारागार भवन बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १९:५३

२८ भदौ, काठमाडौं । क्षमताभन्दा बढी कैदीबन्दी राखेको आरोप खेप्दै आएको कारागार व्यवस्थापन विभागले धमाधम नयाँ कारागार भवनहरु बनाइरहेको छ ।

कैदीबन्दीको चाप कम गर्न नुवाकोटमा ७ हजार ५ सय कैदीबन्दी अट्ने क्षमताको कारागारको निर्माण भइरहेको छ । विभागका महानिर्देशक जनकराज दाहालले हालै विभिन्न क्षेत्रमा निर्माणाधीन कारागारको निरीक्षण गरेर प्रगतिबारे जानकारी लिएका छन् ।

दाहालका अनुसार नुवाकोटको विदुरमा तीन महिनाभित्र एउटा ब्लक सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ । ‘सबै बनिसक्न समय लाग्ने भएकाले आवश्यकताका आधारमा पहिलो चरणमा एउटा ब्लक सञ्चालनमा ल्याउन लागिएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘तत्काललाई एक हजारको हाराहारीमा कैदीबन्दी राख्न सकिन्छ ।’

उनका अनुसार प्रदेश १ को झापा, मोरङ र सुनसरीमा पनि नयाँ कारागार भवन बन्दैछन् । झापाको कलबलगुडीमा १० बिगाहा जग्गा कारागारले प्राप्त गरिसकेको छ । ‘त्यसका लागि अर्थ मन्त्रालयसँग ३ करोड रुपैयाँ बजेट माग गरिएको छ,’ दाहालले भने ।

मोरङमा ४ बिगाहा जग्गा प्राप्त भएर भवन निर्माणका लागि टेण्डर पनि आह्वान भइसकेको उनले बताए । उनका अनुसार १७ सय कैदीबन्दी रहेको सुनसरीको झुम्का क्षेत्रीय कारागारको स्तरोन्नतिको काम भइरहेको छ ।

दाहालका अनुसार नेपालगञ्जको नौवस्तमा क्षेत्रीय कारागार निर्माणको कार्य पनि ९० प्रतिशत सकिएको छ । निर्माण सम्पन्न भएपछि नौवस्तामा ३ हजार कैदीबन्दी अटाउनेछन् । ‘अहिले कार्पेन्टिङ र फ्लोरिङको काम भइरहेको,’ दाहालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?