+
+

गुडिरहेको बसमा ढुंगा खस्दा बैतडीमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १२:२२

२९ भदौ, बैतडी । पाटन नगरपालिका-८ झ्याउलेखस्थित सडकमा गुडिरहेको बसमा ढुंगा खस्दा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा बसमा सवार बझाङ थलारा गाउँपालिका-५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ढुंङगा खसेर लाग्दा अन्य तीन जना घाइते भएका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?