+
+

प्रचण्ड र कांग्रेस महामन्त्री खड्काबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १२:४८

२९ भदौ, काठमाडौं । सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

मंगलबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारस्थित प्रचण्डको कार्यकक्षमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।

सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा आलोचना भएपछि नेताहरु अहिले दौडधुपमा छन् । सत्ता साझेदार दलबीच सहमति गरेर छिटो मन्त्रिपरिषद् विस्तार गर्ने प्रयास गरिरहेको नेताहरूले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?