+
+

गठबन्धन दायाँबायाँ हुन्न : उपप्रधानमन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १७:०१

१८ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायमै रहने दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री खड्काले राष्ट्रिय सभाको अध्यक्षमा पनि गठबन्धनले सर्वसम्मत रुपमा उम्मेदवारी दिने बताए ।

‘केही समस्या छन् भने आपसमा बस्छौं, छलफल गरेर टुंगो लगाउँछौं’ गठबन्धनमा दायाँबायाँ हुने कल्पना समेत नगरेको भन्दै उनले भने, ‘राष्ट्रिय सभा अध्यक्षबारे सल्लाह गर्छौं, एउटा उम्मेदवार दिन्छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?