
१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा कांग्रेसले साहसिक निर्णय लिएकोले मुलुकले आर्थिक रुपमा फड्को मारेको दाबी गरेका छन् ।
नेपाली कांग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४६ सालपछिको मुलुकमा धेरै परिवर्तन भएको उल्लेख गरेका हुन् ।
‘नेपाली कांग्रेस निराशा चिर्न जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्न पछि पर्दैन । कांग्रेसले स्थायित्व र संविधान निर्माणका विषयमा पनि गम्भिरतापूर्वक काम गरिरहेको छ,’ खड्काले भने ।
विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै उनले संविधानले व्यवस्था गरेबमोजिमको नागरिकता ऐन ल्याइएको जानकारी दिए ।
संसारभर रहेका नेपालीलाई साझा सोचका साथ अघि बढ्न उनले आग्रह गरे ।
उपसभापति खड्काले जनसम्पर्क समितिका समस्या र विदेशमा रहेका हरेक नेपालीको समस्या सुन्न आपूmहरु तयार रहेको उनको भनाइ छ ।
‘मध्यपूर्वको भ्रमणका क्रममा आफूले परराष्ट्र, श्रम मन्त्रालयलगायतका सम्बन्धित मन्त्रालयसँग र सम्बन्धित मुलुकका मन्त्रालयहरुमा तत्काल परिचालन गरी दूतावासहरूमा पैसा समेत पठाएर सुधारका कामहरू गरिएको थियो । वर्तमान परराष्ट्रमन्त्रीले पनि विदेशमा कार्यरत नेपालीहरुको सहजताका लागि काम गर्नुभएको छ,’ उनले भने, ‘संसारमा छरिएर रहेका नेपाली निराश छैनन् । नेपाल बनाउनुपर्छ भन्ने मन मुटुमा बोकेर विदेशमा रहेका नेपाली लागि परेका छन् । विदेश तथा स्वदेशमा भएका युवाहरूमा रहेको निराशाको समाधानका लागि आपूmहरू काम गर्न तयार छौं ।’
प्रतिक्रिया 4