+
+
Shares

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेली राख्ने निर्णय गरेको छ।
  • अनुशासन समितिले खड्काको पदीय जिम्मेवारी सम्बन्धी स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ।
  • सर्वोच्च अदालतको ४ वैशाखको फैसलापछि स्पष्टीकरणको औचित्य समाप्त भएको समितिले तर्क गरेको छ।

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेली राख्ने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

खड्काको पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै स्पष्टीकरण तामेलीमा राख्ने निर्णय अनुशासन समितिले गरेको दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि २ वैशाखमा बसेको अनुशासन समितिको बैठकले खड्कालाई स्पष्टीकरण सोधेको थियो ।

तर, ४ वैशाखमा सर्वोच्च अदालतले गरेको फैसलापछि उक्त स्पष्टीकरणको औचित्य समाप्त भएको अनुशासन समितिले तर्क गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?