+
+
Shares

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते ६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीस्थित एक होटलमा आफ्नो समूहको बैठक बोलाएका छन् ।
  • बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकाका क्षेत्रीय सभापतिहरु सहभागी हुने नेताहरुले बताएका छन्।
  • खड्काको समूहले ६ वैशाखमा पर्ख र हेर रणनीति अपनाउने निर्णय गरेको थियो ।

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् ।

बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ ।

बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने नेताहरुले बताएका छन् ।

यसअघि ६ वैशाखमा यही ठाउँमा भेला बोलाएर खड्काको समूहले पर्ख र हेरको रणनीति अपनाउने निस्कर्ष निकालेको थियो ।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएदेखि खड्का असन्तुष्ट देखिन्छन् । उनले विशेष महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर समेत गरेका थिए । तर सर्वोच्चले रिट खारेज गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि पनि उनले आफ्नो समूहका नेताहरुसँगको बैठक र छलफल जारी राख्दै आएका छन् ।

उनको गतिविधिलाई संस्थापन पक्षले अनुशासन विपरीतको भन्दै स्पष्टीकरण समेत सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् ।

बरु सभापति गगन थापा ६ वैशाखमा गोल्फुटारस्थित खड्का निवास पुगेर भेटघाट गरेका थिए । दुई नेताबीच भएको छलफलबारे अहिलेसम्म सार्वजनिक रूपमा केही खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?