News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा समूहको बैठक जारी राखेका छन्।
- बैठकमा शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपत्यकाका क्षेत्रीय सभापतिहरू सहभागी छन्।
- खड्काको समूहले विशेष महाधिवेशन खारेज गर्न सर्वोच्च अदालतमा रिट दायर गरेको थियो, तर रिट खारेज भएपछि पनि उनी बैठक र छलफल जारी राख्दै आएका छन्।
१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ ।
काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा केहीबेरदेखि सो समूहका नेताहरू छलफलमा जुटेका हुन् ।
बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरु सहभागी भएका छन् ।
बैठकमा सहभागी हुन शीर्ष नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, रमेश लेखक, एनपी सावद, सुजता कोइराला, प्रकाशशरण महत, लगायत सहभागी छन् ।
त्यस्तै, मोहन बस्नेत, रामहरि खतिवडा, डिना उपाध्याय, वीरबहादुर बलायर, अम्बिका बस्नेत, कान्तिका सेजुवाल, नैनसिंह महर, कल्याण गुरुङ, कुन्दनराज काफ्ले, गुरु बराल, कान्छाराम तामाङ, उमाकान्त चौधरी, दुर्लभ थापा, रणबहादुर रावल, जीवनबहादुर शाही, लक्ष्मी खतिवडा पनि बैठकमा सहभागी छन् ।

यसअघि ६ वैशाखमा यही ठाउँमा भेला बोलाएर खड्काको समूहले पर्ख र हेरको रणनीति अपनाउने निष्कर्ष निकालेको थियो ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएदेखि खड्का असन्तुष्ट देखिन्छन् । उनले विशेष महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर समेत गरेका थिए ।
तर, सर्वोच्चले रिट खारेज गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि पनि उनले आफ्नो समूहका नेताहरुसँगको बैठक र छलफल जारी राख्दै आएका छन् ।
उनको गतिविधिलाई संस्थापन पक्षले अनुशासन विपरीतको भन्दै स्पष्टीकरण समेत सोधेको थियो । तर, उनले स्पष्टीकरण बुझाएनन् ।
बरु सभापति गगन थापा ६ वैशाखमा गोल्फुटारस्थित खड्का निवास पुगेर भेटघाट गरेका थिए । दुई नेताबीच भएको छलफलबारे अहिलेसम्म सार्वजनिक रूपमा केही खुलाइएको छैन ।
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर










प्रतिक्रिया 4