+
+
Shares

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १०:१६

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । सर्वसम्मत दलको नेता चयन भएपछि उनी खड्कालाई भेट्न गल्फुटारस्थित निवास पुगेका हुन् ।

खड्कानिकट स्रोतले दुई नेताबीच सोमबार बेलुकी ५ बजेपछि भेट भएको पुष्टि गरेको छ । तर, खड्काले भने मंगलबारमात्रै सामाजिक सञ्जाल एक्समा भेटवार्ताको तस्बिर सार्वजनिक गरेका छन् ।

खड्काले एक्समा भेटको फोटो राख्दै लेखेका छन्, ‘निवर्तमान सहमहामन्त्री, नेपाली कांग्रेसका नेता, मेरा मित्र–प्रिय भाइ  मा. भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रुपमा निर्वाचित हुनुभएकोमा हृदयदेखि नै हार्दिक बधाईसहित कार्यकालको पूर्णसफलताको शुभकामना व्यक्त गर्दछु ।’

यसपटकको संसद्को संरचनामा कांग्रेस दोस्रो ठूलो राजनीतिक दलको रुपमा उपस्थित भएकाले संसद्को समग्र प्रक्रियामा आङ्देम्बेको भूमिका प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा ऐतिहासिक र महत्वपूर्ण रहने खड्काको विश्वास छ ।

‘संवैधानिक परिषद्को सदस्यको रुपमा उहाँको भूमिका थप प्रभावकारी र महत्वपूर्ण हुनेछ,’ उनले भनेका छन्, ‘पुन: धेरै धेरै शुभकामना ।’

आङ्देम्बे सोमबार सर्वसम्मत कांग्रेस संसदीय दलको नेता चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?