News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले राष्ट्रिय सभा दलको नेता कृष्ण प्रसाद सिटौलालाई हटाएर नयाँ नेता चयन गर्ने तयारी गरेको छ।
- कांग्रेस विधान अनुसार प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रिय सभा दलको नेता चयन गर्ने अधिकार राख्छ।
- सोमबार प्रतिनिधिसभामा कांग्रेस दलको नेता भीष्मराज आङ्देम्बे चयन भएसँगै उनले राष्ट्रिय सभा दलको नेता चयन गर्नेछन्।
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा दलको नेता परिवर्तन गर्न लागेको छ । हालका दलका नेता कृष्ण प्रसाद सिटौलालाई हटाएर अर्को नेता चयनको तयारी गरिएको हो ।
कांग्रेस विधानले ‘प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रिय सभा दलको नेता चयन गर्न सक्नेछ’ भन्ने व्यवस्थाअनुसार राष्ट्रिय सभामा दलको नेता परिवर्तन गर्न लागिएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।
‘कांग्रेसको विधानले नै प्रतिनिधिसभाको दलको नेता चयन भएपछि उसैले राष्ट्रिय सभाको दलको नेता चयन गर्ने अधिकार दिएको छ,’ स्रोतले भन्यो, ‘सोही व्यवस्थाअनुसार प्रतिनिधिसभाको दलको नेताले नयाँ म्यान्डेटअनुसार राष्ट्रियसभा दलको नेता परिवर्तनको तयारी भएको हो ।’
आज सोमबारमात्रै प्रतिनिधिसभामा कांग्रेस दलको नेता भीष्मराज आङ्देम्बे चयन भका छन् । अब उनैले राष्ट्रिय सभा दलको नेता चयन गर्नेछन् ।
प्रतिक्रिया 4