+
+
Shares

निर्वाचन परिणाम अप्रत्याशित : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको टिप्पणी गरेका छन्।
  • सिटौलाले कांग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरूको निर्वाचन परिणाम अपेक्षाभन्दा फरक र अप्रत्याशित देखिएको बताए।
  • उनले निर्वाचन परिणाममा पुराना दलहरूको हैसियत उस्तै रहेको र नयाँ शक्तिको उदयले राजनीतिक भूमिकामा परिवर्तन आएको उल्लेख गरे।

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको टिप्पणी गरेका छन् ।

बुधबार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरूबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिनिधि सभा निर्वाचनको नतिजा अपेक्षाभन्दा फरक आएको बताएका हुन् ।

कांग्रेस, एमाले, नेकपा तथा मधेस केन्द्रित दलहरूका लागि यो परिणाम केही हदसम्म अप्रत्याशित देखिएको उनले बताए । साथै, उनले निर्वाचन परिणामका यसबारे पार्टीभित्र थप छलफल हुन बाँकी रहेको उल्लेख पनि गरे ।

‘यो अप्रत्याशित लाग्यो मलाई, तथापि पार्टीभित्र छलफल गर्न बाँकी छ । पुराना दलहरूको हैसियत उस्तै उस्तै देखिन्छ, काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, त्यस्तै मधेश केन्द्रित दलहरू सबै पुराना दलहरूको लागि यो अप्रत्याशित जस्तो नै देखिन्छ,’ सिटौलाले भने ।

निर्वाचन परिणामले पुराना दलहरूको हैसियत झण्डै उस्तै देखिएको उनको भनाइ छ ।

हाल निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने उनको भनाइ थियो ।

बदलिँदो राजनीतिक परिस्थिति र नयाँ शक्तिको उदयले आफूहरूको भूमिकामा पनि परिवर्तन आएको उनको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?