+
+
Shares

प्रदेश सरकारहरूले कानुन कार्यान्वयनको क्षमता देखाएनन् : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १५:१९

२० माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रदेश सरकारहरूले आफ्नो अधिकारअनुसार कानुन निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने क्षमता देखाउन नसकेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रदेश सरकारहरू संघ सरकारकै भर पर्ने प्रवृत्तिको कारण संविधानले दिएको एकल अधिकारको प्रयोग नसकेको बताए ।

‘संघीयताको मर्म र भावनाबमोजिम विगतमा संघीय सरकारले काम गर्न सकेन । जुनसुकै सरकार भएपनि त्यसअनुरुप काम गर्न सकेन । मूल समस्या यही हो । प्रदेश सरकार समेत केन्द्रकै भर पर्ने भएका छन् । बरु स्थानीय तहले केही गर्न खोजेको देखियो । संघीयता मर्मबमोजिम प्रदेश सरकारहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै सकेनन्,’ सिटौलाको भनाइ छ ।

संघीय सरकारले समेत संघीयताको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताउँदै उनले साझा अधिकारको प्रयोगमा समस्या देखिनु स्वभाविकै भएपनि एकल अधिकारको प्रयोगमा समेत प्रदेश सरकारहरूले अपेक्षित क्षमता देखाउन नसक्नु दु:खद भएको जिकिर गरे ।

‘आफ्नो अधिकार बमोजिम कानुन बनाउने र त्यसलाई लागु क्षमता उनीहरूले राख्नै सकेनन् भन्ने मलाई लाग्छ । संविधानले अुनसूचीमा जति अधिकारको बाँडफाँड गरेको छ,’ सिटौलाले भने, ‘साझा अधिकारको सन्दर्भमा एक्लै जान नसक्दा समस्या भएपनि एकल अधिकार प्रयोग गर्न प्रदेश सरकारहरूले आफ्नो क्षमता प्रकट गरेको भए हुन्थ्यो । स्थानीय तहलाई कानुन निर्माण गर्नकेो लागि माथिबाट एउटा निर्देशन नै चाहिन्छ ।’

स्थानीय तहहरूले केही काम गर्न खोजेको देखिए पनि कानुन निर्माणका लागि अझै पनि केन्द्रबाट निर्देशन दिनुपर्ने अवस्थाको अन्त्य नभएको सिटौलाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?