+
+

कर्णाली चलचित्र महोत्सव सकियो, मन्त्री खड्काले भने- चलचित्र ऐन पास गर्न सरकार तयार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १३:४६

काठमाडौं । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सकिएको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेको महोत्सव दुई दिनसम्म चलेको थियो ।

उक्त अवसरमा मन्त्री खड्काले चलचित्र ऐन पास गर्न सरकार तयार रहेको बताए । ‘भुवनजीले जहिले उक्त ऐन मन्त्रिपरिषद्मा पठाउनुहुन्छ सोही दिन पास गर्न हामी तयार छौं,’ उनले भने । महोत्सवले कर्णालीको चलचित्र र पर्यटन विकासमा योगदान दिने मन्त्री खड्काले बताए ।

‘घुमौं कर्णाली, हेरौं कर्णाली’ भन्ने नारासहित भएको महोत्सवको उद्देश्य उक्त क्षेत्रको कथा, कला, रीतिरिवाज, भाषा, भेषभूषा, परम्परा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु रहेको जनाइएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महोत्सवले कर्णालीमा चलचित्रको ढोका खोल्ने बताए ।

राप्रपा नेतृ कुन्तीकुमारी शाहीले कर्णाली चिनाउने यस किसिमको महोत्सवले कर्णालीका सम्भावनालाई उजागर गर्ने बताइन् । निर्देशक तथा अभिनेत्री झरना थापाले कर्णालीमा ‘ए मेरो हजुर ४’ छायांकन गर्दाको अनुभव सुनाउँदै कर्णाली अपार सम्भावना भएको क्षेत्र भएकाले राज्यले यसमा सहयोग गर्नुपर्ने बताइन् ।

कर्णालीको गुराँस गाउँपालिका प्रमुख टोपबहादुर बिसीले आफ्नो पालिका क्षेत्र गुराँसको उद्गम थलो भएकाले फिल्म छायांकनका लागि आउने निर्मातालाई सघाउने वचन दिए ।

महोत्सवमा कर्णालीमा छायांकन गरिएका फिल्म प्रकाश, बुलाकी, प्रेमगीत ३ लाई सम्मानित गरिएको थियो । महोत्सवको पहिलो दिन कर्णालीमा चलचित्र र पर्यटन विषयमा सत्र आयोजना भयो । सांसद ज्ञानेन्द्र शाही, गाउँपालिका अध्यक्ष बिसी पर्यटन विकास बोर्डका प्रबन्धक सूर्य थपलिया, अभिनेत्री सुरक्षा पन्तले यो सत्रमा विमर्श गरे ।

समापन समारोहमा कर्णालीका मौलिक कथा परिवेश र चलचित्र विषयमा सत्र आयोजना भयो । साहित्यकार मधुसुदन गिरी, साहित्यकार मोतीराज बम, लेखक ओम रिजाल लगायतले सत्रमा छलफल गरे ।

अन्तिम सत्रमा सांसद विनिता कडायत, कर्णाली प्रदेशको योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, पर्यटन व्यवसायी मेघ आले, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक मनोज पण्डितले छलफल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?