+
+

गुण एयरलाइन्सले १ असोजबाट उडान थाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १३:०१

२९ भदौ, काठमाडौं । गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरूवात गर्ने भएको छ ।

आफ्ना दुइवटा बिचक्राफ्ट र थप गरिएका पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान शुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

सेप्टेम्बर १७ (असोज १) देखि आन्तरिक हवाइ सेवा सुचारु गर्ने र यसको लागि टिकट बुकिङ समेत खुलिसकेको गुण एयरलाइन्सका प्रवक्ता एवम बजार तथा विक्री प्रमुख प्रज्वल थापाले जानकारी दिए ।

उनका अनुसार सुरुवातमा काठमाडौबाट पोखरा र भरतपुर (चितवन)मा जहाज उड्नेछ । त्यसको केही दिनपछी सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगन्ज, सुर्खेत र बिराटनगरमा उडान बिस्तार गर्ने तयारी कम्पनीले गरेको छ ।

बडादशैलाइ लक्ष्यित गर्दै आफूहरु यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा दिने तयारीमा रहेको थापाले बताए । कम्पनीले प्रतिस्पर्धी मूल्यमा टिकट बेच्ने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?