+
+

बहुमत जुटाएर प्रदेश सरकार जोगाउँछौं : एमाले नेता कार्की

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १३:४४
फाइल तस्वीर

२९ भदौ, झापा । नेकपा एमालेका नेता हिक्मत कार्कीले बहुमत जुटाएर प्रदेश १ सरकार जोगाउने बताएका छन् ।

एमाले विभाजन भएर १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरुले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन नरहेको बताएका छन् ।

यससँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था आएको उनले बताए । प्रदेशसभा सदस्य समेत रहेका एमाले नेता कार्कीले भने असोज तेस्रो साता प्रदेशसभाको अधिवेशन आह्वान हुने बताए । उनले अघि भने, ‘प्रदेश सरकार जोगाउन हामी लागेका छौं, सामान्य बहुमत पुर्‍याएर सरकार जोगाउने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?