+
+

पर्सामा भारतीय नोटसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते ६:३४

३० भदौ, काठमाडौं । भारतीय अवैध नोटसहित पर्सामा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-४ का २५ वर्षीय अजयकुमार शर्मा रहेका छन् ।

वीरगञ्जन महानगरपालिका-१६ रजत जयन्ती चोकबाट नियमित चेकजाँचका क्रममा एक लाख ४८ हजार ५०० भारतीय नोटसहित शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ना१५प २३७२ नम्बरको मोटरसाइकलमा आएका अजयलाई जाँच गर्दा उनको झोलामा ५०० का २९६ वटा र एक सयका पाँचवटा प्रतिबन्धित भारतीय नोट फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शर्मालाई बरामद रकमसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?