+
+

च्याम्पियन्स लिगमा चेल्सी र युभेन्ट्सको विजयी सुरुआत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते ८:१९

काठमाडौं । इंग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्सले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेका छन् ।

समूह एचअन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई १-० ले हरायो ।

यस्तै युभेन्ट्सले स्विडिस क्लब माल्मोलाई ३-० ले पराजित गर्‍यो ।

चेल्सीलाई घरेलु मैदान स्टानफोर्ड ब्रिजमा जित जिलाउन रोमेलु लुकाकुले एक गोल गरे । उनले खेलको ६९औं मिनेटमा सेजार एजप्लिकुएटाको पासमा गोल गरे ।

उता युभेन्ट्सको जितमा एलेक्स सान्ड्रोले २३औं, पाउलो डिबलाले ४५औं र अल्भारो मोराटाले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

जितपछि दुवै टिमले ३-३ अंक जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?