+
+

गोविन्द केसी यूएनको मुख्यालय नजिक हुने प्रदर्शनमा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते ९:५७

३१ भदौ, काठमाडौं । अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघ (यूएन)को मुख्यालय नजिक हुने शान्तिपूर्ण प्रदर्शनमा प्राध्यापक डाक्टर गोविन्द केसी पनि सहभागी हुने भएका छन् ।

विश्व शान्ति दिवसका अवसरमा हुने प्रदर्शनका लागि डाक्टर केसी आज विहीबार नै अमेरिका प्रस्थान गर्न लागेको सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सले जनाएको छ ।

विश्वमा चलेको द्वन्द र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिदैं शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उदेश्यले केसीको अगुवामामा सेप्टेम्बर २० र २१ तारिक दिनको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र संघको मूख्यालय नजिक शान्तिपूर्ण प्रदर्शनको कार्यक्रम यसअघि नै तय भएको छ ।

प्रदर्शनीमा विश्व समुदायमा शान्ति स्थापना गर्न, संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तनलगायात सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराउने ध्येय रहेको छ ।

शान्ति दिवशका अवसरमा हुने उक्त दुई दिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामुहिक सत्याग्रह’का रुपमा लिइएको अलायन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?