+
+

माल्दिभ्समा अदिती

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १२:२३

माल्दिभ्स बलिउड कलाकारका लागि मात्र होइन, नेपाली चलचित्रका कलाकारका लागि पनि होलिडे मनाउने गज्जबको ठाउँ बनिरहेको छ । माल्दिभ्समा पुगेर विन्दास तरिकाले समुन्द्री तट र हरियालीसँग रमाउन कलाकारहरु चाहन्छन् ।
करिब एक बर्ष अगाडि नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुग्दा निक्कै चर्चा भयो ।

यसैविच, चलचित्र ‘बाबरी’को छायांकन सुरु हुन करिब डेढ महिना अगाडि नायिका अदिती वुढाथोकी पनि माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पुगेर उनले विकिनीमा तस्वीर सार्वजनिक गर्दै आफ्नो घुमघामको अपडेट फ्यानहरुलाई गराएकी छिन् ।

अदिती प्रकृतीसँग रमाउन चाहने नायिका हुन् । आफूलाई रिजर्भ राख्ने र निक्कै कम बोल्ने यी सुन्दरी इन्स्टाग्राममा भने सक्रिय छिन् । १७ लाख बढी फलोअर्स कमाएकी यी सुन्दरीको पहिरनको पनि उनका फ्यानहरुले खुबै चर्चा गरेको पाइन्छ ।

अदिती कोरोनाको दोश्रो लहरका कारण रोकिएको चलचित्र ‘बाबरी’को छायांकनका लागि तिहारपछि मुम्बइबाट सिक्किम पुग्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?