+
+

आफ्नै काकाको ३ लाख लुटेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १४:०६

३१ भदौ, भक्तपुर । प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट नगद ३ लाख रुपैयाँ लुटपाट गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने बैतडी घर भएका २६ वर्षीय लवजित भट्ट रहेका छन् । उनलाई बुधबार राति महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरेको हो ।

लवले आफ्नै काकालाई विदेश पठाइदिन सहयोग गरिदिन्छु भनी लोकन्थलीमा लगेर उक्त नगद लुटेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?