+
+

सरकारले विशेष महाधिवेशन गर्न दिएन : रेडक्रस

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १४:४१

३१ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले संस्थामा सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ । रेडक्रसले आयोजना गरेको विशेष महाधिवेशन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएको भन्दै तदर्थ समितिले विरोध जनाएको हो ।

समितिले बिहीबार पत्रकार सम्मेलन गरी परिवर्तन नचाहने स्वार्थ समूहले रेडक्रसको वैधानिकता समाप्त पार्न खोजेको आरोप लगाएको छ । अध्यक्ष डा. नेत्र तिमिल्सिनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले विधान परिवर्तन गर्न र विशेष महाधिवेशन पनि गर्न नदिएको बताए । ‘जिल्ला प्रशासन कार्यालय निष्पक्ष हुनुपर्नेमा गलत विचारबाट प्रभावित भएको छ’ उनले भनेका छन् ।

तदर्थ समितिले विधान संशोधन, नवीकरण र विशेष महाधिवेशनको रोडम्याप बनाएर अघि बढे पनि ६ महिनाको प्रयासमा संस्था नवीकरण गर्न नसकेको उनले बताए । ‘स्वार्थ समूहका कारण रेडक्रसले वैधानिकता गुमाएको छ’ उनले भने ।

सरकारी हस्तक्षेपका कारण रेडक्रस एक पछि अर्को गर्दै अन्धकारतिर गएको भन्दै अध्यक्ष तिमिल्सिनाले रेडक्रसमाथि सरकारले गरेको हस्तक्षेपका विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आईसीआरसीलाई जानकारी गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?