+
+

भोलिबाट ‘डान्स मास्टर लिल च्याम्प्स’को डिजिटल अडिसन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १५:३१

थ्रि प्रोडक्शनले नेपा डान्स एकेडेमीसँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प्स’को डिजिटल अडिसन भोलीबाट सुरु हुने भएको छ । असोज २ गतेबाट सुरु हुन लागेको रियालिटी शोको डिजिटल अडिसनमा ४ देखि १४ बर्ष उमेर भित्रका बालबालिकाले सहभागीता जनाउने पाउनेछन् ।

यो शोको प्रशारण भने कात्तिकबाट सुरु हुने शोका निर्देशक विशाल भण्डारीले जानकारी दिए । प्रभु पे डाउनलोड गरी सहभागी हुन चाहने प्रतिस्पर्धीले डिजिटल अडिसन दिन सक्नेछन् । यो शोमा तेरिया मगर, रोहिया महर्जन, सुरेन राई निर्णायकको रुपमा रहनेछन् । यस्तै, नायिका सारंगा श्रेष्ठ सुपर जजको रुपमा रहने छिन् ।

नायिका रीमा विश्वकर्मा र कमेडियन सुमन कोइरालाले यो शो संचालन गर्नेछन् । यो शो इमेज टेलिभिजन एचडी र ओएसआर डिजिटलबाट प्रशारण हुनेछ । निर्माण टिमले यसलाई ‘नेपालकै ठूलो डान्स रियालिटी शो’ भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?