+
+

किरण गजमेरको ‘म त डुब्दै डुब्दै’मा पुष्प र श्रेया

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १७:१७

‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरको स्वरमा ‘म त डुब्दै डुब्दै गएँ’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतले यूवकले यूवतीको प्रेममा डुबेको कुरा गरेको छ । किरणलाई गायनमा ममता गुरुङले साथ दिएकी छिन् ।

प्रेमका शब्द मिसिएका गीतमा मिठास दिन सक्ने संगीतकार अर्जुन पोखरेलले यो गीतलाई उत्कृष्ट बनाएका छन् । अर्जुन पोखरेलकै शब्द रहेको यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल श्रेया सिटौलाले अभिनय गरेका छन् । भिडियोमा पुष्पलाई एक स्टारको रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोमा पुष्प र श्रेयाको जोडी निक्कै सुहाएको छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?