+
+

एमसीसी विकास परियोजना हो, संसदबाट अनुमोदन गर्नुपर्छ : कानूनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १७:४५

१ असोज, सुनसरी । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)लाई संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् ।

कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न शुक्रबार सुनसरी पुगेका कानूनमन्त्री कार्कीले एमसीसी विकास परियोजना भएको बताए । उनले भने, ‘नेपालको वैदेशिक सहायताको इतिहासमा यति ठूलो अनुदान रकम अहिलेसम्म आएको थिएन ।’

विकास परियोजनामा राजनीति गर्न नहुने उनले बताए । कानूनमन्त्री कार्कीले अघि भने, ‘यसलाई संसदबाट अनुमोदन गराउने जुन यसको लक्ष्य छ, त्यसमा हामी अगाडि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?