+
+

रिचर्ड लेभी र केसरिक विलियम्सले पोखराबाट ईपीएल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते ६:३०

काठमाडौं । दक्षिण अफ्रीकन ब्याट्सम्या रिचर्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्सले पोखरा राइनोजाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

पोराले यही असोज ९ देखि २३ गतेसम्म हुने ईपीएलका लागि लेभी र विलियम्सलाई अनुबन्ध गरेको हो ।

लेभीले पछिल्लो पटक २०१८ मा भएको ईपीएल पनि पोखराबाटै खेलेका थिए । लेभीलाई चौथो संस्करणका लागि पोखराले पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो भने विलियम्सलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

लेभीले दक्षिण अफ्रिकाका लागि १२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले एक शतक र एक अर्धशतकसहित २३६ रन बनाएका छन् । उनको उच्च स्कोर भने अविजित ११७ रन हो । उनले सन् २०१२ मा न्युजिल्याण्डविरुद्ध टी२०आईमा डेब्यु गरेका थिए ।

उनले कुल २२० टी२० खेल्दै ५ हजार ४६८ रन बनाएका छन् ।

पोखराले विलियम्सलाई गत वर्षनै टोलीमा अनुबन्ध गरे पनि कोरोनाका कारण ईपिएल आयोजना भएन । पोखराले वेष्ट इन्डिजकै क्रिस गेललाई समेत गत वर्ष अनुबन्ध गरेको थियो ।

विलियम्सले वेस्टइन्डिजबाट ८ ओडीआई र २६ टी२० आई खेल खेलेका छन् । उनले टी२० आईमा ४१ र ओडीआईमा ९ विकेट लिएका छन् । विलियम्सले कुल १०८ टि२० खेल खेल्दै १४० विकेट लिएका छन्  ।

यस्तै पोखराको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक उमेश पटवाल छन् ।

पोखरा राइनोजमा राष्ट्रिय टिमका विकेटकिपर विनोद भण्डारी र विक्रम सोबसहित सुनिल धमला, रित गौतम, किशोर महतो, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, रवीन्द्र जंग शाही र अर्जुन कुमाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?