+
+

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री तामाङ भन्छन् -निष्ठापूर्वक काम गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते ६:५३

२ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री तारा लामा तामाङले निष्ठापूूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट शुक्रबार मन्त्रीमा नियुक्त भएका तामाङले पदभार ग्रहण गर्दै आम नागरिक र प्रदेशको हितमा इमानदारिता र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

वाषिर्क बजेट विनियोजन भइसकेको अवस्थामा आफूले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउनु चुुनौतीपूर्ण भए पनि सबै पक्षसँगको समन्वय र सरसल्लाहमा अघि बढ्ने उनको भनाइ छ । ‘प्रदेश सरकार बजेट विनियोजन गरिसकेको अवस्थामा हामी आर्थिक मामिला मन्त्री र राज्यमन्त्रीमा नियुक्त भएको छौं’ तामाङले भने, ‘चुनौतीपूर्ण भए पनि यो पद जनताकै लागि हो भनेर सकेसम्म जनता र प्रदेशका लागि इमानदारिता र निष्ठापूर्वक काम गर्नेछौं ।’

मुख्यमन्त्री त्रिलोचन भट्टले शुुक्रबार आर्थिक मामिला मन्त्रीमा तामाङ र आर्थिक मामिला राज्यमन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गरेका थिए ।

पार्टी विभाजनपछि विगतमा माधव नेपाल समूहमा रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले आर्थिक मामिलामन्त्री र अर्चना गहतराजले राज्यमन्त्री पदबाट २२ भदौमा राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?