
२ असोज, काठमाडौं । आज काठमाडौंमा इन्द्राजात्राको उत्सव छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण सुनसान बनेको बसन्तपुर-हनुमानढोका क्षेत्रमा आज भने उल्लास छ ।
काठमाडौं उपत्यकाका विभिन्न टोलटोलबाट नेवार समुदायका मानिसहरु आएका छन् । उनीहरूसँग रम्चाउन अन्य समुदायका मानिसहरूको उपस्थिति उस्तै छ ।
हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन यो जात्रा सुरु हुन्छ । हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको सुरुआत गर्ने गरिन्छ । आज बिहानै लिङ्गो ठड्याएर जात्राको औपचारिक सुरुआत गरिएको छ ।
यो जात्रा आठ दिनसम्म मनाइन्छ ।
हेरौं हनुमानढोकाका केही दृश्यहरु –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4