+
+

एसियन कप छनोटमा नेपाल फिलिपिन्ससँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते १७:५६
फाइल तस्वीर

२ असोज, काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा फिलिपिन्ससंग २-१ ले पराजित भएको छ । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को पहिलो खेलमा नेपाल पराजित भएको हो ।

खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा त्यसलाई जोगाउन सकेन । नेपालले ९० औं मिनेट र इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल खाएको थियो ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै फिफा वरियतामा ३३ स्थान माथि रहेको फिलिपिन्स विरुद्ध नेपाललाई दिलाएकी थिइन् । पहिलो हाफमा अग्रता कायम राखेको नेपालले ८९ मिनेटसम्म फिलिपिन्स विरुद्ध अग्रता कायम राखेको थियो ।

तर विदेशमा खेल्ने व्यवसायिक खेलाडीहरु सामु नेपाली खेलाडी फिटनेसमा कमजोर देखियो । अन्तिम सममया दुई गोल फर्काउदै फिलिपिन्सले पुनरागमन जित हात पारेको हो ।

फिलिपिन्सका लागि ९० औं मिनेटमा ताहनाई अनिशले बराबरी गोल फर्काइन् । पहिलो गोल गरेपछि फिलिपिन्सले एक मिनेटपछि नै अर्को गोल थप्यो । इन्जुरी टाइमको दोस्रो मिनेटमा कमिल्ला विल्सनले फिलिपिन्सको लागि विजयी गोल गरिन् ।

यसै खेलबाट विमला विकले राष्ट्रिय टिममा डेब्यु गरेकी छिन् । उनले ६२ औं मिनेटमा पूजा रानाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेकी हुन् ।

नेपालले अब समूह एफको अर्को खेल हङकङसंग असोज ५ गते खेल्नेछ । समूह विजेता बन्दै एसिया कपमा छनोट हुने सम्भावना कायम राख्न नेपालले हङकङलाई हराउनैपर्नेछ । समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीच असोज ८ गते हुनेछ ।

यस समूहको विजेता अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?