काठमाडौं । स्पानिस ला लिगामा शनिबार एट्लेटिको मड्रिडले एथ्लेटिक विल्वाओसँग बराबरी खेलेको छ ।
घरेलु मैदानमा वान्डा मेट्रोपोलिटानोमा दश खेलाडीमा समेटिएको एट्लेटिकोले विल्वाओसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
७८औं मिनेटमा एट्लेटिकोका जाओ फेलिक्स रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए, उनी ६०औं मिनेटमा एन्जल कोरेअको स्थानमा मैदान प्रवेश गरेका थिए ।
बराबरीपछि एट्लेटिको ५ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा छ । विल्वाओ ९ अंकसहित चौथो स्थानमा छ ।
प्रतिक्रिया 4