+
+

नेपालमा बजेट बनाउने प्रणाली डरलाग्दो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १२:५३
फाइल तस्वीर

३ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा बजेट बनाउने प्रणाली नै डरलाग्दो रहेको बताएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमा करीब ३ प्रतिशत हाराहारी मात्रै चलाउने क्रममा यस्तो डरलाग्दो तथ्य भेटाएको अर्थमन्त्री शर्माले बताएका हुन् ।

शुक्रबार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण समारोहमा अर्थमन्त्री शर्माले योजना बनाउने प्रचलन कहाली लाग्दो भेटिएको बताए ।

अर्थमन्त्री शर्माले अगाडि भने, ‘देशलाई कति सडक चाहिने हो, कुन सडक कति लेनको हुनुपर्ने हो, यसको कुनै मानक भेटिएन । जो सत्तामा आयो, त्यसले आफ्नै मनमौजी तरिकाले सडकमा बजेट हाल्ने गरेको पाइयो ।’  आफूले सबै मन्त्रालयका सचिवलाई पुँजिगत खर्च नहुनुको कारणबारे सोध्दा ‘चाहिने ठाउँमा बजेट नभएको र नचाहिने ठाउँमा बजेट हालेका कारण खर्च नभएको’ उत्तर पाएको उनले सार्वजनिक गरे ।

उनले नेपाललाई राष्ट्रिय–अन्तर्राष्ट्रिय लगानीको खाँचो रहेको भन्दै सोही अनुसारको प्रणालीको विकास गर्न आवश्यक रहेको बताए । रोजगारी सिर्जनाका लागि मुलुक भित्र उद्योग–धन्दा खोल्नु पर्ने भन्दै त्यसको पक्षमा निर्णय लिँदा कतिपयलाई घाटा पर्न सक्ने बताए । आफूले व्यक्ति भन्दा मुलुकलाई फाइदा हुने गरी निर्णय लिएको उनको तर्क छ । अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउँन खोज्दा सरकारी संयन्त्रले नै नमानेको भन्दै उनले वातावरण सहज बनाउनु भन्दा ढोका नै बन्द गर्ने प्रचलन सरकारी संयन्त्रको रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?