+
+

राष्ट्रिय सभाको अध्यक्ष माओवादीले नै पाउँछ : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १७:०८

१४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष आफ्नै पार्टीले पाउने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादी राष्ट्रियसभामा ठूलो दल भएकाले अध्यक्षमा आफूहरुले दाबी गर्ने बताए ।

‘राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रा हो । उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रुपमा कसैको पनि सहमति भएको छैन । संस्थागत सहमति भएको छैन’, उनले भने, ‘ठूलो दलले दाबी नगरेमा कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौँ । सरकारमा पनि हुँदैनौँ । सबैतिर शून्य हुन्छ । त्यो हाम्रै हुन्छ ।’

नेता शर्माले कांग्रेस महासमितिले आगामी निर्वाचनमा गठबन्धन नगर्ने भनी गरेको निर्णयबारे स्थायी कमिटी बैठकमा छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?