+
+
Shares

सुकुमवासी, दलित र महिलालाई दुत्कार्ने व्यवस्थालाई लोकतन्त्र भन्न सकिँदैन : जनार्दन शर्मा

प्रलोपाका नेता जनार्दन शर्माले आज पनि नेपालमा लोकतान्त्रिक मूल्य, संस्कृति र व्यवहारको खडेरी रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १३:५०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालमा अझै पनि लोकतान्त्रिक मूल्य, संस्कृति र व्यवहारको खडेरी रहेको बताए ।
  • गणतन्त्र दिवसको शुभकामना दिँदै उनले "आज पनि नेपालमा लोकतान्त्रिक मूल्य, संस्कृति र व्यवहारको खडेरी छ" भनी उल्लेख गरे ।
  • उनले गणतन्त्र घोषणा हुँदा तत्कालीन राजाको समेत सहमति रहेको स्मरण गर्दै सरकार र जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए ।

१५ जेठ, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले आज पनि नेपालमा लोकतान्त्रिक मूल्य, संस्कृति र व्यवहारको खडेरी रहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘आज पनि नेपालमा लोकतान्त्रिक मूल्य, संस्कृति र व्यवहारको खडेरी छ। यसको पुनर्स्थापना नगरी असली लोकतन्त्रको अभ्यास सम्भव छैन । गणतन्त्र घोषणा हुँदासम्म आम नेपाली जनताको जनमत मात्र होइन, तत्कालीन राजासमेतको सहमति रहेको तथ्यलाई पनि हामीले बिर्सनु हुँदैन,’ उनले भनेका छन् ।

नेता शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सुशासन र समृद्धिका लागि योगदान गर्न सर्वप्रथम गणतन्त्र दिवशको अवसरमा लोकतन्त्रको आत्मसातीकरण गर्ने प्रतिबद्धता गर्न सबैसँग आग्रह गरेका छन् ।

‘लोकतन्त्र केवल शब्द मात्र होइन; यो विचार, संस्कृति, स्वतन्त्रता र अधिकारको समायोजन पनि हो। उत्पीडनमा पारिएका निमुखा जनता, गरिब किसान, सुकुमवासी, दलित र महिलालाई दुत्कार्ने व्यवस्थालाई लोकतन्त्र भन्न सकिँदैन । आवधिक निर्वाचन र त्यसबाट प्राप्त हुने परिणामले मात्र लोकतन्त्रको पूर्णता हुँदैन; त्यसभन्दा महत्वपूर्ण कुरा सरकार, संसद् र जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनु हो,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?