+
+
Shares

जनार्दनले भने– रवि र बालेनलाई विकसित नेपाल बनाउन सफलता मिलोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १२:५०
फाइल तस्वीर

२५ फागुन, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले प्रतिनिधिसभा निर्वाचन-२०८२ मा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन् ।

आज भिडियो सन्देश जारी गर्दै उनले रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र विजयी सांसदहरूलाई बधाई दिएका हुन् ।

उनीहरूलाई ‘साँच्चिकै विकसित नेपाल’ बनाउने ऐतिहासिक कार्यभार पूरा गर्न सफलता मिलोस् भनेर शुमकामना दिएका छन् ।

गृह जिल्ला रुकुम पश्चिमबाट लगातार चार चुनाव जितेका शर्मा यसपटक आफ्नै पूर्वपार्टी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मासँग पराजित भएका छन् ।

उनले सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै विजयी उम्मेदवार शर्मालाई पनि बधाई दिएका छन् ।

गरिबी, बेरोजगारी र समृद्ध रुकुम बनाउने रुकुमेली जनताको चाहना पूरा गर्न उनले शर्मालाई सुझाव दिएका छन् ।

आफू पराजित भए पनि रुकुमेली जनताको विश्वास र मायाप्रति ऋणी भएको भन्दै उले आफू पदमा हुँदा पनि नहुँदा पनि सेवामा समर्पित हुने बताएका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका शर्माले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षाकर्मी र कर्मचारीहरूलाई पनि उनले धन्यवाद व्यक्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?