+
+

माओवादीको कार्यविभाजनमा जनार्दन शर्माको नोट अफ डिसेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते ११:४४

१६ फागुन, काठमाडौं । माओवादी उपमहासचिव जनादर्न शर्माले कार्यविभाजनमा लिखित असहमति राखेका छन् ।

बुधबार बसेको स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको गरेको छ ।

तर, हालै सम्पन्न विधान सम्मेलनमा पदाधिकारीहरु पनि अधिवेशनबाट चुनिनुपर्ने मत राखेका नेताहरुलाई जिम्मेवारी नदिएको भन्दै शर्माले लिखित असहमति राखेका हुन् ।

जनप्रतिनिधिहरु पार्टीको इन्चार्ज नरहने नीति आफू सहितका नेताहरुमा लागू गरेपनि नारायण दाहाललाई बागमती प्रदेशको सह-इन्चार्ज बनाएको भन्दै शर्माले निर्णयको उद्धेश्य के रहेको छ भन्ने स्पस्ट भएको बताएका छन् ।

विधान सम्मेलनमा राखेको एजेण्डका कारण आफूलाई जिम्मेवारी नलिनुलाई सामान्य मानेको भन्दै उनले लेखेका छन्, ‘ …उपर्युक्त मतप्रति सकरात्मक रहेकाहरुलाई जिम्मेवारी विहीन बनाउनुले के मनसाय रहेको छ भने स्पस्ट हुन्छ ।’

उनले स्थायी समिति सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलका नेता र इन्चार्जबाट हटाएर अपमानित गरिएको शर्माको निष्कर्ष छ ।

भट्टलाई राजनीतिक रुपबाट विस्थापित गर्न खोजिएको भन्दै शर्माले भनेका छन्, ‘प्रदेशमा हाललाई बिना मगरलाई सह-इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर छ ।’

साथै उनले जनप्रतिनिधिले पार्टी कामको जिम्मेवारी नलिने नीतिगत व्यवस्था पार्टी अध्यक्ष र सम्पूर्ण तहमा लागू गर्ने हो होइन भन्ने प्रश्न समेत गरेका छन् ।

माओवादीमा नयाँ कार्यविभाजन

कोशी प्रदेश इञ्चार्ज- हरिबोल गजुरेल र सह-इञ्चार्ज सावित्रीकुमार काफ्ले

मधेश- इञ्चार्ज लिलामणि पोखरेल र सह-इञ्चार्ज विश्वनाथ साह

बागमती – इञ्चार्ज अग्नि सापकोटा, सहइञ्चार्ज बाँकी

गण्डकी : इञ्चार्ज दिनानाथ शर्मा, सह-इञ्चार्ज हरिराज अधिकारी

लुम्बिनी : इञ्चार्ज चक्रपाणी खनाल र सह-इञ्चार्ज कुलप्रसाद केसी

कर्णाली : इञ्चार्ज कालीबहादुर मल्ल सह-इञ्चार्ज बाँकी

सुदूरपश्चिम : इञ्चार्ज गिरीराजमणि पोखरेल र सह-इञ्चार्ज बिना मगर

प्रवास : मध्यपूर्व इञ्चार्ज पम्फा भुसाल, भारत इञ्चार्ज लक्ष्मण पन्त, सह-इञ्चार्ज टिबी पाठक,

युरोप-अमेरिका : इञ्चार्ज राम कार्की

विशेष प्रदेश : इञ्चार्ज हितमान शाक्य, सह-इञ्चार्ज यशोदा सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?