+
+
Shares

विकासमा पछाडि पर्नुको कारण कार्यकारी संयन्त्र र संस्थागत संरचनाको असफलता : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १७:२४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालको विकासमा कार्यकारी संयन्त्र र संस्थागत संरचनाको असफलतालाई मुख्य कारण बताए।
  • शर्माले विकास र समृद्धिका लागि प्रभावकारी संस्था र संरचनाको आवश्यकतालाई जोड दिएर, असफल आयोजना र सडक निर्माणको उदाहरण दिए।
  • उहाँले संविधान संशोधनमार्फत व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका कार्यलाई जनताको अधिकारमा केन्द्रित गर्नुपर्ने बताए।

९ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विकासमा पछाडि पर्नुको मुख्य कारण कार्यकारी संयन्त्र र संस्थागत संरचनाको असफलता भएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

विकास र समृद्धि मुलुकको कार्यकारी संस्थाहरूको प्रभावकारीता र कार्यान्वयन क्षमतामा निर्भर रहने भएपनि नेपालका संयन्त्रहरू क्रियाशील हुन नसकेको उनले बताए ।

‘नेपालको आजसम्मको असफल विकास यात्राको सबैभन्दा ठूलो कारक तत्वको रुपमा मुलुकको विकास निर्माणका लागि स्थापना भएका कार्यकारी संयन्त्रअन्तर्गतका संस्था र संस्थागत संरचना नै हो,’ शर्माले भने, ‘मेले यहाँ भन्न खोजेको कुरा के हो भने कुनैपनि देशको विकास र समृद्धि ती देशका कार्यकारी संस्था र संस्थागत प्रभावकारितामा भर पर्दछ । यस हिसाबले नेपाल एक असफल राष्ट्र हो ।’

नेपालको विकास र समृद्धिका लागि गेम चेन्जर आयोजनाको रुपमा हेरिएका कर्णालीको चिसापानी आयोजना, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र हुलाकी राजमार्ग दशकौंसम्म पनि सम्पन्न नहुनु देशको कार्यकारी संरचनाको असफलता भएको शर्माको भनाइ छ ।

‘उदाहरणका लागि विकास र समृद्धिका लागि गेम चेन्जरका रुपमा हेरिएको कर्णालीको चिसापानी आयोजनामा ३५ वर्ष बितिसक्दा पनि केही काम हुन सकेको छैन । निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा २८ वर्षसम्म पनि खासै केही काम भएको छैन,’ उनले भने, ‘जम्मा ११०० किलो मिटरको हुलाकी राजमार्ग दशकौँ बितिसक्दा समेत सम्पन्न गर्न सकेका छैनौं । आखिर यी सबै असक्षमताहरू देशको कार्यकारी संरचनाभित्र जिम्मेवार संस्था र संस्थागत संरचनाको असफलता नै हुन् ।’

संविधान संशोधन कार्यान्वयनमार्फत मुलुकको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका कामकारबाहीलाई जनताको अधिकारमा प्राप्तिमा केन्द्रित गर्नुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?