+
+

ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १७:०७

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा आफ्नो शाखा विस्तार गरेको छ ।
ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक कार्यक्रमका बीच शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आग्रह गरेका थिए ।

देशका सातै प्रदेशका विभिन्न स्थानमा १०५ वटा शाखा कार्यालयबाट ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?