+
+

सानिमा र कुमारी बैंकका संस्थापक सेयर बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते ९:०५

५ चैत, काठमाडौं । सानिमा बैंकको ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । विद्यमान संस्थापक सेयरधनीका लागि सो सेयर लिलामी बिक्रीमा आएको हो । न्यूनतम १४५ रुपैयाँ कायम हुनेगरी इच्छुक संस्थापकहरुले निवेदन दिन सक्नेछन् ।

बैंकका संस्थापक सेयरधनी टेकराज निरौलाले सो सेयर बिक्री गर्न लागेका हुन् । सो सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । ‘तोकिएको म्यादभित्र विद्यमान संस्थापकहरुले निवेदन नदिएमा संस्थापकबाहिरका व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइनेछ’ बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै कुमारी बैंकको ३ हजार ५८७ कित्ता संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारणलाई आवेदन खुलेको छ । बैंक सेयरधनी रत्ना कुमारी आले मगरले सो सेयर बिक्रीका लागि प्रस्ताव गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?