+
+

सानिमा बैंकको नाफा खस्कियो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १५:०२

१७ कात्तिक, काठमाडौं । सानिमा बैंकको नाफा खस्किएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको सो अवधिमा ४८ करोड २९ लाख रुपैयाँ कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी सामान्य घटेको छ । गत वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ६० करोड रहेकोमा यो वर्षको सो अवधिमा १ अर्ब ५२ करोड मात्रै रह्यो ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ २१ पैसा छ । गत वर्षको यस अवधिमा ईपीएस १८ रुपैयाँ ९९ पैसा थियो । लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) पनि सामान्य बढेको छ ।

Premium mobile phone screen mockup template

गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो प्रोभिजन रकम ४७ करोड ८२ लाख रुपैयाँ रहेकोमा अहिले ५४ करोड २७ लाख रुपैयाँ बराबर पुगेको छ ।

बैंकले उठाउन नसकेको कर्जा (निष्क्रिय कर्जा) रकम बढेको छ । कुल कर्जामा यस्तो निष्क्रिय कर्जा रकम १.७९ प्रतिशत छ । जबकि गत वर्षको यसै अवधिमा यस्तो कर्जा जम्मा ०.९१ प्रतिशत थियो ।

असोज मसान्तसम्म बैंकको आधार दर ९.७५ प्रतिशतमा झरेको छ । गत वर्षको सो अवधिमा यो दर १०.५० प्रतिशत थियो । बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर)४ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?