+
+

मुस्लिम समुदाय धेरै भएका जिल्लामा मुस्लिम गणक राख्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १८:०८

४ असोज, काठमाडौं । मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएका जिल्लामा मुस्लिम समुदायकै गणक राख्न आग्रह गरेको छ । मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले यस्तो आग्रह गरेको हो ।

छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अघिल्लो जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न तथ्यांक विभागसँग आग्रह गरिएको बताए । उनले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पम्प्लेट बाँड्नेजस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको पनि बताए ।

अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग तथ्यांक विभागको टिमबीच सहकार्य गरेर घरदैलोमा जाने जानकारी दिए । ‘एउटा हामीले मुस्लिम समुदाय बढी भएको जिल्लामा मुस्लिम नै गणक भयो भने यसले तथ्यांक विभागलाई पनि सहज हुन्थ्यो, यथार्थ विवरण सजिलोसँग प्राप्त हुन सक्थ्यो,’ उनले भने ।

अघिल्लो जनगणनामा अधिकांश विदेशिएका मुस्लिम युवाहरु छुटेको भन्दै यसपटकको जनगणनामा नछुटाउन आग्रह गरिएको बताए । छलफलमा तथ्यांक विभागको तर्फबाट उपमहानिर्देशक हेमराज गिरी उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?