+
+

न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्केको टोली दाङमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १४:५२

५ असोज, काठमाडौं । बाँकेमा भएका दुई घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्किएको टोली दाङ आइपुगेको छ ।

न्यायको माग गर्दै पीडित परिवार र अधिकारकर्मीहरुको १३ जनाको टोली असोज १ गतेदेखि नेपागञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्किएको हो ।

गत साउन ६ गते जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र गत वर्षदेखि हराइरहेकी नेपालगञ्ज परस्पुरकी निर्मला कुर्मीको अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै उनीहरुले पैदलयात्रा शुरु गरेका हुन् ।

मृतकका आफन्त र राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खान लगायतले १९ दिनसम्म जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका थिए । निरन्तरको धर्ना र दबाबका बाबजुद पनि घटनाको छानबिनका लागि प्रहरीले सक्रियता देखाएपछि दबाब स्वरुप पैदलयात्रा गरेको राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खानले बताइन् ।

‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरु होशियार, मौन बस्ने सरकार खबरदार’ नारासहित उनीहरु पैदलयात्रामा सहभागी छन् ।

उनीहरुले बुटवलस्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तीन दिनदेखि ५ दिनसम्म धर्ना दिने र काठमाडौं आएपछि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको खानले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?