५ असोज, काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसंग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।
नेपाल र ओमानबीचको खेल सेप्टेम्बर २६ अर्थात असोज १० गते हुने एन्फाले जनाएको छ ।
खेल कतार युनिभर्सिटी फुटबल ग्राउण्डमा नेपाली समय अनुसार बेलुका ७ बजे हुनेछ । साफको तयारीका लागि नेपाली टोली हाल कतारमै बन्द प्रशिक्षणमा छ ।
नेपाली टोली कतारबाटै साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जानेछ । साफ च्याम्पियनसिपको १३ औं संस्करण माल्दिभ्समा अक्टोबर १ देखि १५ सम्म हुनेछ ।
प्रतिक्रिया 4