
६ असोज, गुल्मी। गुल्मी तम्घासका पहिरो पीडित परिवारलाई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले ३० हजार आर्थिक सहयोग गरेका छन् ।
मंगलवार राति जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर-८ खानिगाउँ थुम्का लाइन व्यवसायी तिलक परियारका ३ छोरीको पहिरोमा परेर मृत्यु भएको थियो ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख भुसालले पहिरो पीडित तिलक परियारलाई राहत स्वरुप उक्त रकम हस्तातरण गरेका हुन् । राहत रकम हस्तारतण गर्दै नगरप्रमुख भुसालले यस दुखद घडिमा नगरपालिका साथमा रहेको बताए ।
उनले थप राहतको लागि पनि पहल गर्ने बताए। मंगलबार राति पहिरोमा परेर २१ वर्षकी भावना परियार,१४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको थियो।
एक तले पक्की घर माथिबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतिरहेका ३ जना पुरिएर मृत्यु भएको थियो। पहिरोमा अरु ३ जना सकुशल रहेका छन् ।
प्रतिक्रिया 4