+
+

अक्सिजन प्लान्ट निर्माणका लागि रेसुङ्गा बहुमुखी क्याम्पसको आर्थिक सहयोग  

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते २०:०२

६ असोज, गुल्मी । गुल्मी जिल्ला अस्पतालमा निर्माणाधीन अक्सिजन प्लान्टका लागि रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको छ । अक्सिजन प्लान्टका लागि क्याम्पसले ३९ हजार रुपैयाँ सहयोग गरेको रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए ।

रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्यापन गराउने प्राध्यापक र सम्पूर्ण कर्मचारीहरुबाट संकलित रकम गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्यालाई  हस्तान्तरण गरिएको हो । कोभिडको दोस्रो लहरले आक्रान्त पारेको गुल्मीमा अक्सिजन अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनी अक्सिजन प्लान्ट निर्माण कार्य थालिएको हो ।

क्याम्पस प्रमुख हरिबहादुर खत्रीसहित पुगेका क्याम्पसका प्राध्यापक र कर्मचारीले सहयोग रकम गुल्मी अस्पताललाई हस्तान्तरण गरे ।

अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको अस्पतालका प्रमुख पच्याले बताए । जडानको काम र निर्माण गरिएको भवनको छानो निर्माण बाँकी रहेकाले छिट्टै प्लान्ट सञ्चालनमा आउने उनले बताए । गुल्मी अस्पतालको अत्याधुनिक भवन पनि बनाउन शुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?