+
+

सबै फोनमा एउटै चार्जर राख्ने ईयूको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १२:५४

८ असोज, काठमाडौं । युरोपेली कमिसनले फोन निर्माताहरुलाई एकै किसिमको चार्जर लाग्ने फोन निर्माणको लागि निर्देशन दिने प्रस्ताव गरेको छ ।

उपभोक्तालाई पुरानै चार्जर प्रयोगमा प्रेरित गर्दै विद्युतीय फोहोर कम गर्ने उद्देश्यका साथमा यस्तो योजना अघि सारिएको हो । यद्यपि आईफोन निर्माता एप्पलले भने यो कदमले नयाँ आविष्कारमा नकारात्मक असर गर्न सक्ने चेतावनी दिएको छ ।

एप्पलले आईफोनको लागि मात्रै प्रयोग हुने चार्जर ल्याइरहेको छ । एप्पलले अहिले आईफोनहरुको लागि ‘लाइटनिङ’ कनेक्टरको प्रयोग गर्दै आइरहेको छ । एप्पलले ईयूको नयाँ प्रस्तावको विषयमा प्रतिक्रिया दिँदै यसले उपभोक्तालाई सहज बनाउनेभन्दा पनि उनीहरुलाई थप नोक्सानी पुर्‍याउन सक्ने चेतावनी दिएको छ । एप्पलले आफूहरु सन् २०३० सम्म सबै डिभाइसहरु कार्बन न्युट्रल बनाउने दिशामा अघि बढिरहेको बताएको छ ।

अधिकांश एन्ड्रोइड फोनमा यूएसबी माइक्रो बी चार्जिङ पोर्ट छ भने केही फोनमा यूएसबी–सी स्ट्यान्डर्डको चार्जिङ पोर्ट छ । आईप्याड र म्याकबुकको नयाँ मोडलमा यूएसबी चार्जिङ पोर्ट छ । अहिले गरिएको प्रस्तावअनुसार सबै डिभाइसको चार्जर यूएसबी-सी वा यूएसबी-ए हुनुपर्छ ।

ईयूका करिब आधा फोनमा यूएसबी माइक्रो बी कनेक्टर छ । करिब २९ प्रतिशतमा यूएसबी सी र २१ प्रतिशतमा लाइटनिङ कनेक्टर छन् ।

अहिले गरिएको प्रस्ताव स्मार्टफोन, ट्याबलेट, क्यामेरा, हेडफोन, स्पिकर र हाते भिडियो गेम्समा पनि लागू हुनेछ । इयरबड, स्मार्ट वाच र फिटनेस ट्र्याकको साइज र प्रयोगको शर्तबारे भने केही बताइएको छैन ।

युरोपेली कमिसनको आकलनअनुसार अहिले वार्षिकरुपमा प्रयोग नहुने चार्जिङ केबलबाट ११ टन फोहोर निस्किने गरेको छ । गत वर्ष मात्र ईयूमा ४२ करोड मोबाइल फोन र अन्य विद्युतीय डिभाइस बिक्री भएको थियो । अहिले प्रस्ताव गरिएको भए पनि पारित भएर कार्यान्वयनमा आउन भने केही वर्ष पनि लाग्न सक्छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?