+
+

बागमती प्रदेश प्रहरीले सबै वडामा गुनासो पेटिका राख्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १७:५८

८ असोज, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले स्थानीय तहका वडासम्म गुनासो तथा सुझाव पेटिका राख्ने भएको छ । सेवालाई प्रभावकारी बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा तहसम्म सुझाव पेटिका राख्ने तयारी थालेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आइतबारदेखि रसुवाबाहेक अन्य ९ जिल्लाका स्थानीय तहका १ सय ५१ वटा वडाबाट सुझाव पेटिका राख्न थालिने कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । चालु आर्थिक वर्षमा प्रदेशका कम्तीमा २० प्रतिशत वडामा गुनासो तथा सुझाव पेटिका राख्ने लक्ष्य प्रहरीले लिएको छ ।

प्रदेशका सबै स्थानीय तहमा दुई चरणमा गरी सुझाव तथा गुनासो पेटिका राखिने भएको छ । नागरिकमाझ जान सके कामलाई प्रभावकारी बनाउन सकिने विश्वास अनुसार अभियानलाई अघि बढाइएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?