Comments Add Comment

दाङको लमहीमा मेगा बैंकको शाखा विस्तार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दाङको लमहीमा आफ्नो शाखा विस्तार गरेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत दाङको लमही नगरपालिका–५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ ।

यसै आर्थिक वर्षमा १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको बैंकले जनाएको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment