
१० असोज, काठमाडौं । चार लाख भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले धनुषाको नगराइन नगरपालिका–८, अकौराबाट एक जनालाई पक्राउ गरेको छ ।
भारत घर बताउने ५० वर्षीय रामबाबु यादवलाई सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको हो ।
साइकलमा सवार यादवलाई शंका लागी चेकजाँच गर्दा चार लाख रुपैयाँ भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4