+
+

बाराको बरियारपुर बजारमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते ९:०६

११ असोज, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुर बजारमा आगलागी हुँदा २ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।

सोमबार बिहान १ः२० बजे उपेन्द्र कुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट उपेन्द्र सहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ३ वटै पसलमा गरी अन्दाजी २ लाख ४० हजार मूल्य बराबरको समान जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ ।

आगलागीबाट विश्वनाथ कुशवाहाको सागर मोबाइल सेन्टर, जितेन्द्र कुशवाहाको टिभी पसल र उपेन्द्रको घरमा भएका सामग्रीमा क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment